Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मन्दिर निर्माणमा पनि भ्रष्ट्राचार गरेको भन्दै प्रशासकीय अधिकृतविरुद्ध मुद्दा


1.1K
Shares

मन्दिर निर्माणमा पनि भ्रष्ट्राचार गरेको भन्दै प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडौं,१४ पुस । मन्दिर निर्माणमा पनि भष्ट्रचार गरेकोे भन्दै नगरपालिकाका प्रशासकीय अधिकृत बिरुद्ध मुद्धा दायर भएको छ । मन्दिर निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिृकत श्यामकिशोर राय, इन्जिनियर रामविनय प्रसाद यादवसहितका कर्मचारीले कविलासी नगरपालिका–८ स्थिति रामजानकी मन्दिर निर्माणका क्रममा नभएको काम भएको भनेर उपभोक्ता समितिलाई ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको दावी छ ।

फिल्डमा कम काम हुँदा पनि बढी काम भएको भनेर मूल्यांकन गरेको र ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको देखिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो ।

अख्तियारले सब इन्जिनियर उमेशकुमार दास, उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रीनाकुमारी विरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology