Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु


1.2K
Shares

मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु

जनकपुरधाम।,१४ पुस । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका(६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल दुर्घटना विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

ठाकुर गिद्धादेखि यदुकोहातर्फ जाँदै गरेको बेला उनले चलाइरहेको मोटरसाइकल कलभर्टमा रहेको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । उहाँका अनुसार मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology