Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मादक पदार्थ सेवन गरेर यात्रुबाहक सवारी चलाएको आरोपमा एक युवक पक्राउ


1.2K
Shares

मादक पदार्थ सेवन गरेर यात्रुबाहक सवारी चलाएको आरोपमा एक युवक पक्राउ

काठमाडौं, १४ पुस । मादक पदार्थ सेवन गरेर यात्रुबाहक सवारी ‘टाटा सुमो’ चलाएको आरोपमा ट्राफिक प्रहरीले चालकलाई पक्राउ गरेको छ । मकवानपुर घर भएका सुमो चालक ४८ वर्षीय वीरेन्द्रकुमार लामालाई पक्राउ गरेर मुद्दा चलाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ना.१ ज ४४६५ नम्बरको भाडाको सुमो चालक लामाले मदिरा सेवन गरेर सवारी चलाएको आरोप छ । उनीविरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा प्रहरी वृत्त कीर्तिपुरले मुद्दा चलाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताउनुभयो ।
लामालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे गरेर सार्वजनिक र निजी सवारी नचलाउन चालकहरूलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology