Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सामुदायिक सेवाकेन्द्र गोरखाको तेस्रो अधिबेशन सम्पन, अध्यक्षमा रामहरी के.सी चयन


931
Shares

सामुदायिक सेवाकेन्द्र गोरखाको तेस्रो अधिबेशन सम्पन, अध्यक्षमा रामहरी के.सी चयन

गोरखा, १४ पुस । सामुदायिक सेवा केन्द्र गोरखाको तेस्रो अधिबेशन तथा चौथो साधारणसभा आज सम्पन भएको छ। गोरखा सदरमुकाम स्थित जिल्ला समन्वय सभाको हलमा भएको अधिबेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको समितीका निबर्तमान अध्यक्ष सुशील बाबु श्रेष्ठ ‘कैलास’ ले जानकारी दिनुभयो । अधिबेशनबाट रामहरि के.सिको अध्यक्षतामा १३ सदस्यीय कार्य समिती सर्बसम्मत चयन भएको उहाँले बताउनुभयो ।

नवगठित समितिको उपाध्यक्षमा मिना श्रेष्ठ, सचिवमा काजीराम श्रेष्ठ कोषाध्यक्षमा भोलाप्रसाद मरहठ्ठा र सहसचिवमा अन्जनबाबु खत्री चयन हुनुभएको हो । त्यस्तै सदस्यहरुमा बाबुराम श्रेष्ठ, देवु मास्के, शान्ति श्रेष्ठ, शोभा प्रधान दवाडी, बिष्णुबहादुर थापा, दण्डपाँडी कट्टेल, किरण ढकाल, ज्ञानु अर्याल, बिक्रम बस्नेत, फत्तबहादुर श्रेष्ठ र भाईकाजी आले सर्वसम्मत चयन भएको उहाँले जानकारी दिनुभयो । साधारणसभा तथा अधिबेशनको जिल्ला समन्वय समिती गोरखाका प्रमुख मोहन बहादुर थापामगरले उदघाट्न गर्नुभएको थियो ।

 

साधारण सभाको उदघाट्न कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख थापामगरले सस्थाले निशुल्क काम गर्नुपर्ने सस्था भएको भन्दै जिल्ला समन्वय समितीका तर्फबाट आवस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाँले सस्थाको आजिवन सदस्यता लिने घोषणा समेत गर्नुभयो । कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले नागरिकसग सगै मिलेर प्रहरीले काम गर्नुपर्छ भन्ने अबधारणाका साथ सामुदायिक सेवा केन्द्रको अबधारणाको बिकास भएको बताउनुभयो ।

उहाँले सस्थाले काम गर्न आर्थिक स्रोतको आबस्यकता पर्ने भएकाले योजना बनाएर आर्थिक स्रोत जुटाउन सुझाव दिनुभयो ।सामुदायिक सेवा केन्द्र गोरखाले अपराधलाई न्यूनीकरण, लागुऔषध दुर्ब्यसनी रोकथामका लागी सचेतना प्रदान गर्ने लगायतका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ ।

कार्यक्रममा जिल्ला प्रसासन कार्यालय गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, गोरखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिलिप जोशी, प्रहरी निरीक्षक सोमनाथ ढकाल, सामाजिक बिकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियार लगायत, सामुदायिक सेवा केन्द्र पालुङटरका अध्यक्ष सरोज देवकोटा आतिथ्यता रहेको थियो । साधारणसभा तथा अधिबेशनको उद्घाटन कार्यक्रम केन्द्रका अध्यक्ष सुशिलबाबु श्रेष्ठ ‘कैलाश’ को अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology