Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जापानमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमण


875
Shares

जापानमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमण

काठमाडौं, १३ पुस । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई लाख भन्दा बढी सक्रमित फेला परेका छन् । यो संख्या अगष्ट पछिकै सबैभन्दा धेरै हो। अगष्ट १९ मा जापानमा दुई लाख ६१ हजार २५२ जनामा सङ्क्रमण देखिएको थियो।

पछिल्लो २४ घन्टामा २ लाख २ हजार ८५३ संक्रमित फेला पर्दा २७१ जनाको ज्यान गएको छ। यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको जापान टाइम्सले जनाएको छ ।

यसैबीच जापानले चीनबाट आउने यात्रुहरूका लागि आफ्नो सीमा नियन्त्रणमा कडाई गर्न प्रधानमन्त्री फुमियो किशिदाले निर्देशनसमेत दिएका छन्।अक्टोबरमा विदेशी पर्यटकका लागि सिमा प्रतिबन्ध खुलाएपछि जापानले आफ्नो सिमाना कडा गरेको पहिलो पटक हो ।

यस्तै एसियाली मुलुकमध्ये दक्षिण कोरियामा ८७ हजार ५९६ जनामा संक्रमण देखिनुका साथै ५० जनाको ज्यान गएको छ । यस्तै अर्को एसियाली मुलुक ताइवानमा पछिल्लो २४ घन्टामा २४ हजार ४९८ जनामा संक्रमण देखिएको छ। हङकङमा १८६२६ जनामा संक्रमण देखिएको छ। हङकङमा पछिल्लो २४ घन्टामा ५३ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology