Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

समन्वय समिति गोरखाका उपप्रमुखका श्रीमान मृत फेला


1.7K
Shares

समन्वय समिति गोरखाका उपप्रमुखका श्रीमान मृत फेला

गोरखा, १३ पुष । जिल्ला समन्वय समिति गोरखाका उपप्रमुखका श्रीमान मृत फेला परेका छन् । बिगत ५ दिनदेखी सम्र्पक बिहिन भएका हरी परियार आज बिहान मृत फेला परेका हुन् ।

शहिद लखन गाउँपालिका–९ नामजुङको बलेनीडाडाँ घर भएका परियार बिगत ५ दिनदेखी सम्र्पक बिहिन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

एक्कासी सम्र्पक बिहिन भएका परियारको हिजो मात्र मोटरसाइकल चालकले सडक किनारामा मोबाइल फेला पारेको र परिवारलाई बुझाएको थियो ।

बेपत्ता परियारका श्रीमती लिला परियार र छोराले आज बिहान सोही स्थानमा खोजी गर्दा झाँडीमा घोप्टो अवस्थामा मृत्त शरिर फेला पारेको एक स्थानियले जानकारी दिनुभयो ।

परियारको बलेनी डाडाँ भन्ने स्थानमा मृत्त शरिर फेला परेको गोरखा प्रहरीले जानकारी दिएको हो । परियारको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने काम भई रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology