गोरखा, १२ पुस : गोरखा दरबार संग्राहलय परिषरमा रहेको ऐतिहासिक ठूलो आँगनमा राष्ट्रिय एकता दिवसको अबसरमा झण्डोत्तोलन तथा बिगुलद्धारा बिजय ध्वनी सहित राष्ट्रनिर्माता सलामी अर्पण थालनी गरिने भएको छ । गोरखा सदरमुकाम ठूलो आँगनमा नेपाल एकिकरणका अभियान्ता पृथ्वी नारायण शाहको शालिक, नेपालको राष्ट्रिय झण्डा र नक्सा राखेर राष्ट्र निर्माता् सलामी अर्पण सुरु गरिने गोरखा नगरपालिका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । संग्राहलय परिषरमा आज पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख रानामगरले यहीँ पुस २७ गते राष्ट्रिय एकता दिवसको अबसरमा बिजय ध्वनी सहित राष्ट्रनिर्माता सलामी अर्पणको थालनी गरिने बताउनुभयो ।
समग्र गोरखाको पर्यटन प्रबद्र्धनका लागि ठूलो आँगनमा दैनिक बिहानको सूर्योदय र बेलुकीको सूर्योअस्तको समयमा पृथ्वी नारायण शाह पालाका नेपाली सेनाको पेशाकमा सेनाको परेड खेल्ने र सलामी अर्पण गर्ने उहाँले बताउनभुयो । ‘ठूलो आँगनमा पृथ्वीनारायण शाहको पालाका समयमा पनि तत्कालिन सेनाले हतियार प्रर्दशन सहित सेनाको परेड खेलाउने ठाउँको रुपमा ऐतिहासिक महत्व भएको ठाउँ हो, उहाँले भन्नुभयो, ‘सोही इतिहासको जर्गेना गर्न अबदेखि दैनिक रुपमा तत्कालिन सेनाको पोशाकमा नेपाली सेनाले बिजय ध्वनी सहित राष्ट्रनिर्माता सलामी अर्पण गर्नेछ ।’
उहाँले यसबाट राष्ट्रनिर्माता सलामी हेर्नका लागि समेत पर्यटकहरु गोरखा आउने वातावरणको सृजना हुने बताउनुभयो । ‘बिहान आउने पर्यटकहरु बेलुकीको सलामी हेर्न बास बस्न सक्ने र बेलुकी आउने पर्यटकहरु बिहानको सलामी हेर्न सदरमुकाममा एकरात बस्ने अबस्थाको सृजना हुन्छ, नगरप्रमुख रानामगरले भन्नुभयो, ‘यसबाट गोरखाको इतिहासको जर्गेना मात्र होइन पर्यटनको प्रबद्र्धन समेत हुनेछ ।’गोरखा नगरपालिकाको प्रस्तावमा नेपाली सेनाले गोरखाको इतिहासको जर्गेना गर्न राष्ट्र निर्माता सलामी अर्पणको थालनी गर्न लागेको उहाँले बताउनुभयो ।
‘ठूलो आँगनमा राखिने शालिक र त्यसले गर्ने पर्यटन प्रवद्र्धनले सिंगो गोरखाले फाइदा लिनसक्छ, नगरप्रमुख रानामगरले भन्नुभयो, यसबाट गोरखाको समग्र पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने निश्चित छ ।’ उहाँले गोरखा नगरपालिकामा नै नेपाली सेनाबाट राष्ट्रिय निर्माता सलामीको थालनी गर्न पाउनु जिल्लाको लागि सौभाग्य भएको बताउनुभयो । ‘अहिलेको सेना होइन ऐतिहासिक सेनाको पोशाक पनि ऐतिहासिक सेना हुने हो, उहाँले भन्नुभयो, ‘यसले गोरखाको इतिहासलाई बिश्वसामु पुर्याएर गोरखाको पर्यटन क्षेत्रको बिकास गर्न सकिन्छ ।’
नेपाल एकिकरणको इतिहासमा गोरखाको छुट्टै पहिचान रहेको भन्दै नगरप्रमुख रानामगरले इतिहासलाई जोगाउदै त्यसको प्रचार–प्रसार गरेर जिल्लाले फाइदा लिनसक्नु पर्ने बताउनुभयो । ‘गोरखा इतिहासलाई पनि जगेर्ना गर्नुपर्नेछ, उहाँले भन्नुभयो, ‘ठूलो आँगनमा पृथ्वीनारायण नारायण शाहको शालिक राख्ने, झण्डा राखेर दैनिक रुपमा सलामी दिइन्छ ।’ पुस २७ गते राष्ट्रिय एकता दिवसको दिन देशभर हरेक बर्ष रास्ट्र निर्माता सलामी दिइन्छ, नेपाली सेना रिपुमद्र्धन गणका गणपति हेमराज बिष्टले भन्नुभयो, गोरखा झन ऐतिहासिक जिल्ला भएकाले नेपाल एकीकरणको उदगमस्थलमा दैनिक रुपमा सलामी दिँदा झन यसको छुट्टै महत्व हुन्छ ।’