Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

१९८३.९५ बिन्दुमा नेप्से, कारोबार रकम ३ अर्ब ८८ करोड


707
Shares

१९८३.९५ बिन्दुमा नेप्से, कारोबार रकम ३ अर्ब ८८ करोड

काठमाडौं,१२ पुस ।  मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढ्दै  । आज नेप्से परिसूचक ३.११ अंकले बढेर १९८३.९५ बिन्दुमा पुगेर बन्द भएको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ पुगेको छ । यस दिन २६१ वटा धितोपत्रको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स र श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५६५ रुपैयाँ ४० पैसा, मल्टीपर्पस फाइनान्सको ३१९ रुपैयाँ, अजोड इन्स्योरेन्सको ४०१ रुपैयाँ ५० पैसा र श्रृजनशिल लघुवित्तको सेयर मूल्य एक हजार ४५८ रुपैयाँ ९० पैसा र कायम भएको छ ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा आँधिखोला लघुवित्त रहेको छ । उक्त कम्पनीको सेयर मूल्य २।६३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५८९ रुपैयाँमा झरेको छ । त्यस्तै, सेयर मूल्य घट्ने दोस्रो कम्पनीमा मिर्मिरे लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य २।२२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९३२ रुपैयाँ ८० पैसा कायम भएको छ । मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री लक्ष्मी बैंकको भएको छ ।

यस दिन उक्त कम्पनीको २०० रुपैयाँमा २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल दूरसञ्चार कम्पनी रहेकोे छ। उक्त कम्पनीको ९१५ रुपैयाँ ९० पैसामा १४ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यस दिन लगानी समूहको परिसूचक सर्वाधिक ६।४३ प्रतिशतले बढेको छ।

त्यस्तै, जलविद्युत समूहको परिसूचक ४।६८ प्रतिशत, वित्त समूहको परिसूचक ४।३५ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक ४।२६ प्रतिशत, जीवन बीमा समूहको परिसूचक ३।९९ र निर्जीवन बीमा समूहको परिसूचक ३।७० प्रतिशतले बढेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology