काठमाडौं,११ पुस । मृतकको नाममा भत्ता वितरण गर्ने ३ जना वडा सचिवविरुद्ध मुद्दा परेको छ । मृत्यु भइसकेका मानिसको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तत्कालीन वडा सचिवविरुद्ध मुद्दा दायर गरिएको हो ।
वडा नम्बर–४ का तत्कालीन वडा सचिव मोहन प्रसाद आचार्यसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
सोमबार आयोगले तत्कालीन वडा सचिवहरू आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ । पवन श्रेष्ठ विरुद्ध ३५ हजार, जानुका श्रेष्ठविरुद्ध १ लाख ७७ हजार र आचार्य विरुद्ध ५५ हजार बिगो माग दावी लिइएको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले बताउनुभयो ।