Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आज साँझ बस्दै


1.4K
Shares

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आज साँझ बस्दै

काठमाडौं, ११ पुष । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आज साँझ बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको हो । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्ड र तीन उपप्रधानमन्त्री र चार मन्त्रीलाई शपथ ग्रहण गराउनु भएका हुन् ।

राष्ट्रपति भण्डारीसमक्ष उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिएका छन् । त्यस्तै, विनाविभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology