काठमाडौं, पुस ११ । काठमाडौंको स्युचाटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार अपरान्ह साढे ५ बजे नागार्जुन नगरपालिका(१० स्युचाटार अमरज्योति स्कुल नजिकैको घरमा एक पुरूषलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
स्युचाटारमा डेरा गरी बस्ने २८ वर्षीय दुर्गानन्द चौधरीलाई करेन्ट लागेको हो । सक्षात चौधरी थारूको घरको छतमा फससिलिङ लगाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। घाइते भएका उनको उपचारको लागि सहिद मेमोरियल अस्पतालमा लगिएको थियो ।
त्यहाँ उपचारको क्रममा उनको पौने ६ बजे मृत्यु भएको एसपी मैनालीले बताउनुभयो । शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको छ। घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान अघि बढाएको छ।