Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

आगलागीमा परी ५ महिने शिशुको मृत्यु


847
Shares

आगलागीमा परी ५ महिने शिशुको मृत्यु

काठमाडौं, ११ पुस । भक्तपुरमा आगलागी हुँदा ५ महिने शिशुको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका(६ पाण्डुबजार हाइटस्थित युनिटी टोल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका(१ घर भएकी सर्मिला मोक्तानको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिनुभयो ।

आइतबार साँझ करिब ६ बजे आगलागी हुँदा आगोले जलेर सर्मिलाकी ५ महिने छोरी लासाङ मोक्तानको मृत्यु भएको हो । जलेर गम्भीर घाइते भएकी उनको सिद्धिस्मृति अस्पताल आदर्शमा उपचारको क्रममा मृत्यु भएको हो । एसपी केसीका अनुसार आगलागी कसरी भएको हो भन्ने खुलेको छैन । घटना हुँदा शिशुसँग आमा(बुवा थिएनन्। शिशुका ५ वर्षीय दाइ र शिशुमात्रै त्यहाँ थिए ।

‘आगलागी कसरी भएको भन्ने नै खुलेको छैन। केही भेटाएका छैनौं । घटना हुँदा आमा(बुवा दुबै जना पसल गएका रहेछन्,’ एसपी केसीले भन्नुभयो, ‘५ वर्षका दाइ मात्रै रहेछन्।’ उहाँका अनुसार आज ती बालकसँग सोधपुछ गरिँदैछ। उनलाई प्रहरी वृत्त जगातीमा अभिभावकसँगै राखेर के भएको हो भन्नेबारे सोध्न लागिएको हो । शिशुको टाउको, अनुहार, तिघ्रा, हात र खुट्टामा जलेको छ । घटनाबारे पोष्टमर्टमबाट पनि खुल्न सक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology