Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रमुख नेपाली सेनाका सेनानी कर्णेल मृत फेला


1K
Shares

प्रमुख नेपाली सेनाका सेनानी कर्णेल मृत फेला

जुम्ला, ११ पुस । जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी कर्णेल अञ्जन रुपाखेती मृत फेला परेका छन् । उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी माधव श्रेष्ठले जानकारी दिनुभयो।

परिवारका सदस्य आएपछि रुपाखेतीको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको एसएसपी श्रेष्ठले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको टिम नेपाली सेनाको २४ नम्बर बाहिनीमा पुगिसकेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology