Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय


2.2K
Shares

नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

काठमाडौं, ११ पुष । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ।

सोमबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको उपमहासचिव गिरिराजमणी पोखरेलले बताउनुभयो । उहााका अनुसार पदाधिकारी बैठकले गरेको यो निर्णय सत्ता गठबन्धनको बैठकमा पनि पेश हुनेछ।

प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिउँसो ४ बजे शपथ लिँदै हुनु हुन्छ । आजै सानो आकारको मन्त्रीमण्डल बनाउने प्रचण्डको तयारी छ। १ सय ६९ सांसदको समर्थन पाएका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology