गोरखा,१० पुस । गोरखाको शहिदलखन गाउँपालिका –९ मा सप्ताह श्रीमदभागबत ज्ञान महायज्ञ हुने भएको छ । नामजुङ सेवा समाज गोरखाको आयोजनामा यज्ञ हुुन लागेको हो । आउँदो फागुन २३ गतेदेखि ३० गतेसम्म महायज्ञ सञ्चालन हुने भिमविरेश्वर महादेब गुठीका अध्यक्ष तथा महायज्ञका संयाजक सुरेन्द्र थापाले आज सदरमुकाममा पत्रकार सम्मेलन गदै जानाकारी दिनुभयो ।
भिमविरेश्वर महादेब मन्दिरको संरक्षण, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देयले सप्ताह गर्न लागिएको उहाँले बताउनुभयो । लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दे आएको समाजले यज्ञबाट हुन आउने आम्दानीलाई शैक्षिक, सामाजिक क्षेत्रमा नै खर्च गर्ने जनाएको छ । अध्यक्ष थापाले महायज्ञवाट संकलित रकमबाट प्रख्यात बुढि गण्डकीको डुबानमा पर्ने भिमविरेश्वर मन्दिरको पुनःस्थापना र संरक्षणका गर्ने, जग्गा खरिद गर्ने र संरक्षण गर्ने, नामजुङ स्थित जानशक्ति मा बि मा सन्चालन भइरहेको प्राबिधिक इन्जिनयर शिक्षणलाई निरन्तरता दिनको लागि केही सहयोग गरिने नामजुङ सेवा समाजका अध्यक्ष शिव बञ्जराले बताउनुभयो ।
‘श्रीमद्भागवत सप्ताहाको मुल नारा : ‘घरबाट उठै बस्ति बस्तिबाट जुटै यो महा महोत्सबको लागि कोही पनि नछुटै, सक्नेले धेरै दान गरैँ नसक्नेले थारै दान गरै केही पनि नसक्नेले केही न त केही गरैं’ भन्ने नाराका साथ महायज्ञको आयोजना गरिएको हो । भिमिरेश्बर आध्यात्मिक महोसत्व २०७९ नाम दिएको महायज्ञ सम्पन्न गर्नको लागि १ हजार १ जना रहने आयोजक समितिले जनाएको छ । महायज्ञमा तुलादान, चौरासी,र बिवाह लगााएतको कार्य गर्न सकिने थापाले बताउनु भयो ।
महायज्ञमा पंडित दिनबन्धु पोख्रलको मुखराबिन्दाबाट सप्ताह पुराण बाचन हुनेछ । उक्त यज्ञमा २५ हजार भक्तालुहरु आउने र २ करोड रुपैया आम्दिानी हुने आयोजकले अनुमान गरेको छ ।