Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

नेपालको राजनीतिमा बन्यो नयाँ समिकरण : प्रचण्ड प्रधानमन्त्री


2.7K
Shares

नेपालको राजनीतिमा बन्यो नयाँ समिकरण : प्रचण्ड प्रधानमन्त्री

गोरखा, १० पुस । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउन नेकपा एमाले सहितका दलहरु सहमत भएका छन् । आज एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट भएको बैठकले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो। एबैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो ।

साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति छ । दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार बनाउने प्रक्रियामा आफूहरुले समर्थन गर्ने बताउनुभयो । जनमत पार्टीका ६ जना सांसद छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टी पनि जोडिनेछन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology