Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

प्रचण्डले डाकेपछि सिके राउत पनि पुगे बालकोट


1.4K
Shares

प्रचण्डले डाकेपछि सिके राउत पनि पुगे बालकोट

काठमाण्डौं १० पुस । सरकार निर्माणका लागि नयाँ गठबन्धनको संकेत देखिएसंगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका चार राजनीतिक दलका शिर्ष नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओल निवासमा छलफलमा छन् । छलफलकै क्रममा माओवादी अध्यक्ष प्रचण्डले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई ओली निवासमा छलफलका लागि बोलाउनु भएको छ ।

अध्यक्ष डा. रावत प्रचण्डले बोलाएपछि बालकोट पुग्नु भएको हो । यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत नेता पनि बालकोटमै रहेका थिए । “प्रचण्डजीले बोलाएर कुरा बुझ्न आएको हुँ,” राउतले सञ्चारकर्मीसित भन्नुभयो, “कुरा बुझेपछि तपाईंहरूलाई बताउनेछु ।”

नयाँ सरकारका विषयमा छलफल गर्न केही बेरअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र जसपाका नेता अशोक राई पनि बालकोट पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology