Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

पाँच किलो गाँजासहित एक पक्राउ


924
Shares

पाँच किलो गाँजासहित एक पक्राउ

बिराटनगर,१० पुस । प्रहरीले विराटनगरबाट पाँच किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । शनिबार साँझ विराटनगर महानगरपालिका–११ का २८ वर्षीय गोरे राईलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सादा पोशाकमा खटिएको प्रहरी टोलीले राईलाई विराटनगर–४ स्थित एयरपोर्ट नहरबाट पक्राउ गरेको हो ।

राईले चलाइरहेको को ३८ प ७९५१ नम्बरको स्कुटरलाई प्रहरीले साँझ ५ बजेतिर नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा ५ किलोग्राम गाँजा बरामद भएको हो । गाँजा फेला परेपछि स्कुटर नियन्त्रणमा लिएर चालकलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology