बाँक,८ पुस । बाल्टिनको पानीमा डुबेर एक बालकको मुत्यु भएको छ । बैजनाथ गाउँपालिका(३ सुतैया बस्ने कर्ण बहादुर चन्दको १ वर्षीय छोरा बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।
आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।