Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

३३ किलो चरेशसहित ४ जना पक्राउ


1.1K
Shares

३३ किलो चरेशसहित ४ जना पक्राउ

काठमाडौं,८ पुस । प्रहरीले ३३ किलो चरेश सहित ४ जना लाई काठमाडौंबाट पक्रउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ घर भएका ६४ वर्षीय अल्कबहादुर तामाङ, धादिङको थाक्रे गाउँपालिका–२ घर भएकी २७ वर्षीया स्यानी चेपाङ, २८ वर्षीया पम्फे चेपाङ र भारत घर भएर नागार्जुन बस्ने ६५ वर्षीया सारप ग्याल्तसेन छन् ।

काठमाडौंको नागार्जुन र चन्द्रागिरीबाट आरोपीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले जानाकारी दिनुभयो । पक्राउ परेकाहरूको साथबाट ३३ किलो लागुऔषध चरेश बरामद गरिएको छ ।

चन्द्रागिरी स्थित देउराली भञ्ज्याङ घर भएका अल्कबहादुरको साथबाट १० किलो र भारतीय नागरिक सारपको डेराबाट २३ किलो बरामद गरिएको छ । स्यानी चेपाङ र पम्पे चेपाङले सो लागुऔषध धादिङबाट काठमाडौंसम्म ल्याएर दिएको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार पर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology