Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मृत हात्ती फेला


1.2K
Shares

मृत हात्ती फेला

धरान,८ पुस । कौशिका सामुदायिक वन क्षेत्रभित्र आज बिहान एक हात्ती मृत अबस्थामा भेटिएको छ । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र हात्ती मृत फेला परेको हो । अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिनुभयो ।

रेन्जर भण्डारीका अनुसार दुर्गन्धित अवस्थामा फेला परेको हात्ती तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्रा छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ । हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर एकीन गर्न बाँकी रहेको रेन्जर भण्डारी बताउनुभयो ।

वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि पोस्टमार्टम गरिने वा सदगद गर्नेबारे प्रक्रिया सुरु हुने रेन्जर भण्डारीले जानाकारी दिनुभयो । केही दिन अघिदेखि सो क्षेत्रमा २०–२५ वटा हात्ती समूहमा घुमिरहेको देखेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology