गोरखा,८ पुस। गोरखा बजारमा १ जना समाजसेवीले क्रियापुत्री घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेका छन् । गोरखा नगरपालिका–६ ठुलो आँगन निवासी कृण्णदेवी श्रेष्ठले ब्यक्तिगत रुपमा आफैले निर्माण गरेर घर पदेली टोल विकास संस्थालाई हस्तान्तरण गर्नुभएको हो ।‘कृण्ण देवी क्रियापुत्री घर’ नामाकरण गरिएको उक्त भवन निर्माणमा १८ लाख ५९ हजार ८९ रुपैयाँ ६० पैसा खर्च भएको भवन निर्माण समितिका अध्यक्ष अयोध्या जोशीले जानकारी दिनुभयो । २ तले उक्त भवनको तल्लो तलामा २ कोठा सुविधा सम्पन्न शौचालय एटेज बाथरुम र माथिल्लो तलमा हल निर्माण गरिएको छ ।
नेवार समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा मानिस मर्दा क्रियापुत्री बस्ने घर अभाव भएको भन्दै समाजसेवा श्रेष्ठले निर्माण गरिदिएको समितिका अध्यक्ष जोशीले बताउनुभयो । भवनको शुक्रबार बिहान भएको कार्यक्रममा समाजसेवी श्रेष्ठले टोल बिकास संस्थाका उपाध्यक्ष फुलज्योती शाक्यलाई साँचो हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बक्ताहरुले समाजसेवी श्रेष्ठको खुलेर प्रसंशा गरेका थिए ।
कार्यक्रममा श्रेष्ठकी श्रीमान रत्नकुमार श्रेष्ठ र उनका परिवारहरुको समेत उपस्थिती रहेको थियो । समाजसेवी श्रेष्ठ नेपाली काँग्रेसका नेता जिवनप्रेम श्रेष्ठका ममतामयी माता हुन् । भवन निर्माणका लागि नेपाल प्रहरीबाट अवकास प्राप्त प्रहरी उपरिक्षक एवं समाजसेवी स्थानिय डा।राजुबावु श्रेष्ठले समन्वय गरेका हुन् कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशी दिलिप, ज्येष्ठ नागरिक संघ गोरखाका अध्यक्ष एवं केन्द्रिय सदस्य मोहनलाल श्रेष्ठ, समाजसेवी धिरजबहादुर मास्के, गोर्वधन आचार्य, रामचन्द्र आचार्य, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ तथा स्थानिय र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।