Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सांसद बापतको तलव भत्ता बिपतमा परेकालाई खर्च गर्ने गोरखाका सांसद बजगाईंको घोषणा


2.5K
Shares

सांसद बापतको तलव भत्ता बिपतमा परेकालाई खर्च गर्ने गोरखाका सांसद बजगाईंको घोषणा

गोरखा, ७ पुस । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईंले सांसद भएबापत आफुले प्राप्त गर्ने सम्पूर्ण सेवासुबिधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यको सपथ ग्रहणपछि उहाँले आज सामाजिक सञ्जाल मार्फतआफुले प्राप्त गर्ने तलब भत्ता बापतको सवै सुबिधाहरु बिपतमा परेका आफनो निर्वाचन क्षेत्रका नागरिकहरुका लागि खर्च गर्ने घोषणा गर्नुभएको हो ।

‘मैले सांसद भए बापत पाउने सम्पुर्ण तलब भत्ता गोरखा क्षेत्र नं १ मा बिपतमा परेकाहरुका लागि खर्चने घोषणा गर्दछु, उहाँले भन्नुभएको छ ‘ ‘गोरखाको बिकट भुगोल र भिरपखेरामा बिपतमा परेकाहरु नागरिकहरुको रेखदेख गर्न पुगोस् भन्ने अभिप्राय हो ।’ सांसद बजगाईंले सपथ ग्रहणका क्रममा समेत आफुले जनतासंग मत मागिरहेको बेला गरेको प्रतिबद्धता सम्झिएको उल्लेख गर्नुभएको छ ।

उहाँले आफू गोरखा क्षेत्र नम्बर १ को गरिब र भौगोलिक रुपमा विकट क्षेत्रका वासिन्दाको सहयोगमा सांसद बन्न सफल कुरा भएको नबिर्सिएको समेत उल्लेख गर्नुभएको छ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा बजगाई बामलोकतान्त्रिक गठबन्धनबाट बिजयी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology