गोरखा, ७ पुस । गोरखा जिल्ला स्तरीय जिल्ला समिक्षा बैठक यहीँ पुस ११ र १२ गते हुने भएको छ । जिल्ला समन्वय समितिको बुधबार बसेको बैठकले जिल्ला स्तरीय समिक्षा बैठक गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला भित्रका सवै स्थानीय तह, प्रदेश अन्तरगतका कार्यालय संघ अन्तरगतका कार्यालयहरु, गैह्रसरकारी कार्यालयहरुले आर्थिक बर्ष २०७८/०७९ सम्पन्न गरेका कार्यक्रम योजना र बिकास निर्माणका कामको प्रगती बिबरण प्रस्तुत गर्ने छन् । समिक्षा बैठक जिल्ला समन्वय समितिको सभाहल हुने जनाइएको छ ।