गोरखा, ७ पुस । जिल्ला समन्वय समिति गोरखाको प्रवक्तामा शिवप्रसाद रेग्मी चयन हुनुभएको छ । मंसिर २७ गतेको बैठकको प्रस्ताव अनुसार बुधबार बसेको जिल्ला समन्वय समिति गोरखाको बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको जिल्ला समन्व्य समितिका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिनुभयो ।
रेग्मी गण्डकी गाउँपालिकाबाट वडा सदस्यमा निर्वाचित भई जिल्ला समन्वय समितिमा पनि सदस्य पदमा बिजयी हुनुभएको थियो । उहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जिल्ला समन्वय समितिको सदस्यमा बिजयी हुनुभएको हो ।