Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

सरकार गठबन्धनकै बन्छ, प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौँ : अध्यक्ष प्रचण्ड


938
Shares

सरकार गठबन्धनकै बन्छ, प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं, ७ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकार सत्ता गठबन्धनले बनाउने बताउनु भएको छ । बिहीबार संसदको सपथ ग्रहणपछि संसद भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले गठबन्धनकै सरकार बन्ने बताउनु भएको हो ।

‘सबै प्रकृया सहज ढंगले अघि बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, सफलतापूवर्क र सहजै सम्पन्न भयो’, उहाँले भन्नुभयो, ‘आज शपथ ग्रहण पनि राम्रोसँग र बडो उत्साहका साथ सम्पन्न भयो ।’

अध्यक्ष प्रचण्डले अबको सरकार पनि गठबन्धनले सहजै बनाउने भन्दै निर्वाचन सम्पन्न भए जसरी नै सरकार बन्ने बताउनुभयो । ‘यही गठबन्धनको सरकार बन्छ’, अबको पहिलो प्रधानमन्त्री देउवा कि तपाईं भन्ने प्रश्नमा प्रचण्डले भन्नुभयो, ‘पहिलो प्रधानमन्त्रीबारे हामी सल्लाह गर्दैछौँ ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology