काठमाडौं, ७ पुष । चलचित्र ‘छक्कापञ्जा ४’ को पोस्टर सार्वजनिक भएको छ।
अभिनेता तथा चलचित्रका निर्माता दीपकराज गिरीले चलचित्रको पोस्टर सामाजिक सञ्जाल फेसबुक मार्फत बुधबार सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएको उक्त पोस्टरमा दीपक चित्रण छन्। साथै पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि उल्लेख गरिएको छ।
आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा निर्माण हुने चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार प्रसाद घिमिरे (माग्ने बुढा) , राज आचार्य लगायतका कलाकारले अभिनय गरेका छन्।
हेमराज बिसिद्वारा निर्देशित चलत्रिचलाई नरेन्द्र मैनालीको छायांकन गरेका छन्। फिल्मको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन्। चलचित्र फागुन १९ गते देशभर प्रदर्शन हुनेछ।