गोरखा, ७ पुस (रासस) ः गोरखाको बारपाक सुलिकोट गाउँपालिका भित्रका ७५ जनाको निशुल्क मोतियाबिन्दुको अप्रेसन गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका समन्वय तथा नेपाल नेत्रहिन संघ, नेपाल नेत्र ज्योती संघ र भरतपुर आँखा अस्पतालको प्रविधिक सहयोगमा १५ दिनसम्म चलेको निशुल्क आँखा शिविरका क्रममा मोतियाबिन्दु भएका बिरामीहरुको पहिचान गरी निशुल्क अप्रेसन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिनुभयो ।
उनिहरुको ताकुमाझ लाकुरीबोट स्वास्थ्य चौकीमा मंगलबार र बुधबार दुई दिन लगायर निःशुल्क शल्यक्रिया गरिएको उहाँको भनाई छ । शिविरमा पालिका भित्रका ६ सयभन्दाबढी आँखाका बिरामीहरुले निशुल्क आँखाको उपचार सेवा लिएको भट्टले बताउनुभयो । गाउँपालिका भित्र रहेका ८ वडा मध्ये वडा नम्बरं १ र २ मा मोतिबिन्दुका पहिचान भएका ४३ जनाको भने अप्रेसन गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
उनिहरुको यहीँ पुष ११, १२ र १३ गते शल्यक्रिया गर्ने गरिएको भट्टले जानकारी दिनुभयो । शिविरमा आँखा परिक्षणका क्रममा समस्या देखिएका बिरामीहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएको उहाँले बताउनुभयो ।