Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बारपाक सुलिकोटमा ७५ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया


1.3K
Shares

बारपाक सुलिकोटमा ७५ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

गोरखा, ६ पुष । बारपाक सुलिकोट गाँउपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । गाँउपालिकाको आयोजनामा गत मंसिर २१ गतेदेखि शुरु भएको शिविर आज सम्पन्न भएको हो ।

गाँउपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक कृष्ण भट्टका अनुसार निःशुल्क आँखा शिविरबाट पालिका भित्रका ६ सय भन्दा बढीले सेवा लिएका छन् । सेवा लिने मध्ये मोतिबिन्दुको समस्य देखा परेका वडा नं. ३ देखी ८ सम्मका ७५ जनाको हिजो र आज दुई दिन गरी ताकुमाझ लाकुरीबोट स्वास्थ्य चौकीमा निःशुल्क शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।

बाँकी वडा नंं १ र २ मा रहेका मोतिबिन्दुका समस्य भएका बिरामीको भने आहिले शल्यक्रिया सम्भव नभएको जनस्वास्थय निरिक्षक भट्टको भनाई छ । त्यहाँ रहेका ४३ जना मोतिबिन्दुका बिरामीको स्क्यानिङ गरेर यही पुष ११, १२ र १३ गते शल्यक्रिया गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

‘पाँच वटा वडाको ७५ जनाको चाँही गाँउपालिकाले ल्याएर ताकुमाझ लाकुरीबोट स्वास्थ्य चौकीमा मोतिबिन्दुको अप्रेशन गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘ बारपाक १ र २ को ४३ जनाको स्क्यानिङ गरेर यहीँ पुष ११, १२ र १३ गते उहीँ अप्रेशन गर्ने तयारी छ ।

’ शिविरमा आँखा परिक्षणका क्रममा समस्य देखिएकाहरुलाई निःशुल्क औषधी पनि वितरण गरिएको छ । नेपाल नेत्रहिन संघ, नेपाल नेत्र ज्योती संघ र भरतपुर आँखा अस्पतालको प्रविधिक सहयोगमा शिविर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology