काठमाण्डौं ६ पुस । नेपाली काग्रेस संसदिय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बिजयी हुनुभएको छ । बुधबार बिहान सम्पन्न भएको मतदानमा देउवाले ६४ मत प्राप्त गर्नुभएको छ ।
उहाँका प्रतिस्पधी महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्नुभएको हो । पार्टी सभापति देउवाले महामन्त्री थापालाई ३९ मतको अन्तरले पराजित गर्नुभएको हो ।
देउवालाई बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह लगायतको सहयोग रहेको थियो भने महामन्त्री थापालाई अर्का महामन्त्री बिश्वप्रकाश शर्मा, उपाध्यक्ष धनराज गुरुड, युवा नेता प्रदिप पौडेल लगायतको सहयोग रहेको थियो । संसदिय दलको नेतामा पराजित भएसंगै गगनको यो पटक प्रधानमन्त्रीको दावी रोकिएको छ ।