Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना : दुईजनाको घटनास्थलमै मृत्यु


1.8K
Shares

ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना : दुईजनाको घटनास्थलमै मृत्यु

काठमाण्डौ ४ पुस । ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ दुईजनाको मृत्यु छ । बाराको निजगढ नगरपालिका–२ मा ट्रकमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाउको छ । दुर्घटनामा मोटरसाइकल चालक रौतहटको गुजरा नगरपालिका सिम्रिकका २६ वर्षीय भुवन पहाडी र त्यसमै पछाडि सवार २७ वर्षीय रितबहादुर राईको मृत्यु भएको हो ।

दुवैको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन् । घाइते माझीको निजगढस्थित प्रसूति सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

हिजो बेलुका करिब ७ बजे प्रदेश २ ०२ ००९ प ३९४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकिराखेको प्रदेश २ ०३ ००१ ख ४२२९ नम्बरको ट्रकमा ठोक्किएको थियो । दुवै सवारीसाधन र ट्रक चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology