सर्लाही १ पुस । सर्लाहीमा आज साँझ गोली प्रहार हुँदा एक जना गम्भिर घाइते भएका छन् । रामनगर गाउँपालिका ६ मा भएको गोली प्रहारबाट स्थानीय सुरेश साह घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मामाको छोरासँग लेनदेनको विषयमा विवाद बढेपछि साह माथि गोली प्रहार भएको हो ।
घटना स्थलबाट प्रहरीले मामाका छोरा रामप्रवेश साहसँगै २ जनालाई प्रहरीले नियन्त्तणमा लिएको छ । घाइते सुरेश सशस्त्र प्रहरीमा काठमाडौंमा कार्यरत रहेको अनुसन्धानबाट खुल्न आएको छ । उहाँको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ ।