Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पोर्चुगलका प्रशिक्षक सान्तोस बर्खास्त


1.2K
Shares

पोर्चुगलका प्रशिक्षक सान्तोस बर्खास्त

काठमाडौं, १ पुष । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगल फुटबल महासंघले बर्खास्त गरेको छ।

कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजयसँगै पोर्चुगल बाहिरिएको थियो।

पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए। स्वीट्जरल्यान्ड विरूद्ध जित हासिल गरे पनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको थियो।

६८ वर्षिय सान्तोसले ८ वर्ष पोर्चुगल राष्ट्रिय टोली सम्हालेका थिए। सन् २०१६ मा उनले पोर्चुगललाई युरो च्याम्पियन बनाए।

यद्यपि उनको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्नुनै प्रशिक्षकबाट हट्नुको प्रमुख कारण बन्यो।

यद्दपी सान्तोसले खेलपछि बोल्दै रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने बताएका थिए। सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका थिए।

पोर्चुगिज फुटबल संघले ८ वर्षसम्म टोली सम्हालेकोमा उनलाई धन्यवाद दिएको छ।

‘एफपीएफ फर्नान्डो सान्तोस र उनको प्राविधिक टोलीलाई आठ अद्वितीय वर्षमा प्रदान गरिएको सेवाहरूको लागि धन्यवाद दिन्छ र यो धन्यवाद पोर्चुगल जनताको तर्फबाट भएको विश्वास दिलाउन चाहन्छ,’ पोर्चुगिज फुटबल संघले भनेको छ।

अब चाडै नै पोर्चुगिज फुटबल संघले अर्को राष्ट्रिय प्रशिक्षक छनोटको प्रक्रिया सुरू गर्ने भएको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology