Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

दोहोरो अंकले घट्यो सेयर बजार


1.3K
Shares

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं,२९ मंसिर । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १४.४८ अंकले घटेको बजार १८८२.६० बिन्दुमा झरेको हो ।

बिहीबार २५४ धितोपत्रको २२ हजार ३७४ कारोबारबाट ४८ लाख ४ हजार २७९ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसूचकहरु घटे । सबैभन्दा धेरै वित्त उपसूचकको सेयर मूल्य घटेको छ ।

बिहीबार रुरु जलविद्युत परियोजनाको मूल्य ९।९९ प्रतिशतले बढेर ८१७।१० रुपैयाँ कायम भएको छ । इस्टर्न हाइड्रोपावरको ९।९७, माउन्टेन इनर्जीको ७।६१ प्रतिशतले मूल्य बढेको छ ।

बिहीबार पिपुल्स हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लाग्यो । नबिल ब्यालेन्स्ड फण्ड २ को ७।२३, लक्ष्मी इक्विटी फण्डको मूल्य ५।६५ प्रतिशतले घटेको छ । यो साताभर बजारमा उतारचढाव देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology