Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु


938
Shares

श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु

तनहुँ,२९ मंसिर । तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका(३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका(४ प्रगति टोलमा बस्दै आएक उनीहरुबीच बुधबार राति विवाद भएको थियो । सुशीलाले मादक सेवन गरेको पाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।

श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो । सुशीलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology