गोरखा, २८ मंसिर । ज्येष्ठ नागरिक संघ गोरखाको अध्यक्षमा मोहनलाल श्रेष्ठ पुनः निर्विरोध निर्वाचित हुनुभएके छ। सदरमुकाममा भएको आज सम्पन्न भएको छौठौं साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्षमा श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा दिलबहादुर बस्नेत, सचिवमा बोधप्रसाद अधिकारी, सहसचिवमा तुलसा मरहट्टा र कोषाध्यक्षमा जुनुमाया श्रेष्ठ चयन हुनुभएको नवनिर्वाचित समितिका उपाध्यक्ष उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
त्यस्तै समितिको सदस्यहरुमा ध्रुव कुवर, जगन सिं गुरुङ, ईश्वर बस्नेत, अर्जुन बस्नेत, ईन्द्रबहादुर भट्ट र निर्मला श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । गोरखा जिल्ला अदालतका न्याधिश तेजेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा मगर र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर लगायतको सहभागिता रहेको थियो ।