संखुवासभा,२८ मंसिर । प्रहरीले खादबारी नगरपालिका(९ सागुरी बस्ने ४० वर्षीय अमल कुमालको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खादबारी नगरपालिका(९ बस्ने ३६ वर्षीय देवेन्द्र कुमाल रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको पक्राउ गरेको हो । मंसिर १९ गते मादक पदार्थ सेवन गरिरहेको अवस्थामा उनीहरुबीच बादबिवाद भई देबेन्द्रले ढुङ्गा प्रहार गर्दा घाइते भएका अमल कुमालको मंगलबार राति जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा मृत्यु भएको थियो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।