गोरखा, २८ मंसिर । नेपाल मगर बौद्ध सेवा समाज गोरखाको अध्यक्षमा मिन बाहादुर थापा मगर चयन हुनु भएको छ ।
नेपाल मगर बौद्ध सेवा समिति गोरखाको छैठौ साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनले मगरलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनबाट मगरको अध्यक्षमा ९ जना सदस्यीय समिति चयन भएको छ । समितिको उपाध्यक्षमा होम बहादुर थापा मगर , सचिवमा दिनेश थापा मगर, सहसचिवमा रेनु थापा मगर, कोषाध्यक्षमा लुना थापा मगर चयन भएका छन् ।
जिल्ला समन्वय समितिको प्रमुख को अतिथ्यतामा मंगलबार कार्यक्रम सम्पन्न भएको थियो ।