Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

आजदेखि हट्यो निर्वाचन आचारसंहिता


1.2K
Shares

आजदेखि हट्यो निर्वाचन आचारसंहिता

काठमाडौं, २६ मंसिर । निर्वाचन आयोगले आजदेखि निर्वाचनसम्बन्धी आचारसंहिता हटेको बताएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गत असोज १२ गतेदेखि देशैभर आचारसंहिता लागु गरिएको थियो ।

उक्त आचारसंहिता मंसिर २६ गते सोमबारदेखि लागु नरहेको निर्वाचन आयोगले जनाएको छ। यसबारे जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायमा जानकारी गराइसकिएको आयोगले बताएको छ । गत मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो ।

आयोगले निर्वाचन मरिणामबारे एक साताभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन पेश गर्ने पनि बताएको छ । आचारसंहिताका कारण विकास निर्माणका कार्यक्रम तथा कर्मचारीका सरूवा, बढुवालगायत प्रभावित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology