Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

  उडिरहेको जहाजभित्र सर्प भेटिएपछि घटनाको छानबिन गर्न आदेश


1.8K
Shares

  उडिरहेको जहाजभित्र सर्प भेटिएपछि घटनाको छानबिन गर्न आदेश

काठमान्डौँ ,२५मंसिर । भारतको केरलास्थित कालोकटबाट शनिबार दुबई पुगेको एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प भेटिएको छ। जहाज एयरपोर्टमा अवतरण गरे पश्चात जहाज सफाई गर्ने क्रममा विमानको सामान राख्ने स्थानमा सर्प भेटिएको हो।

जहाजमा सर्प देखिए पछि केही बेर एयरपोर्टमा त्रासको वातावरण बनेको थियो भने सर्प निकाल्न एयरपोर्टको फायर सर्भिसलाई परिचालन गरिएको नागरिक उड्डयन महानिर्देशनालयका एक अधिकारीले जानकारी दिए। विमानबाट सबै यात्रु सकुशल बाहिर निकालिएको थियो।

जहाजभित्र सर्प भेटिएपछि यहाँको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार बी ३७(८०० नम्बरको विमान केरलाको कालोकटबाट शनिबार दुबई अवतरण भएको थियो।

नागरिक उड्डयन महानिर्देशनालयका एक अधिकारीले जहाजभित्र सर्प भेटिएकोबारे जानकारी दिँदै सर्प निकाल्न एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको बताएका छन्। उनले ग्राउन्ड ह्याडलिङका क्रममा गल्ती भएका कारण सो घटना भएको बताएका छन्। उनले घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गरिने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology