Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

द्रव्यशाह बहुमुखी क्याम्पसको अध्यक्षमा मास्के


1.8K
Shares

द्रव्यशाह बहुमुखी क्याम्पसको अध्यक्षमा मास्के

गोरखा, २५ मंसिर । गोरखाको लक्ष्मी बजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा शितलकाजी मास्के चयन हुनुभएको छ । शनिबार सम्पन्न क्याम्पसको सातौ वार्षिक सभा तथा तेस्रो अधिवेशनबाट मास्केको अध्यक्षतामा पाँच सदस्यीय नयाँ संचालन समिति चयन गरिएको हो ।

जसमा चुण्डामणी काप्री महालक्ष्मी माविका प्रअ, बद्री अर्याल शाक्ति मावि प्रअ, इश्वरकाजी मास्के छात्रवृत्तिदाता, मिरा पुडासैनी महिला प्रतिनिधि र नन्दलाल बगाले अभिभावक प्रतिनिधि चयन भएका छन् ।
सञ्चालक समितिमा क्याम्पस प्रमुखसहित अन्य सातजना पदेन सदस्य हुनेछन् । पदेन सदस्यहरुमा त्रिवि प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्ष, नगरप्रमुख, वडा अध्यक्ष, प्राध्यापक प्रतिनिधि, स्ववियु सभापति, निवर्तमान अध्यक्ष सदस्य रहने व्यवस्था छ । चारजना पछि मनोनित गरिने समेन दुवाडीले जानकारी दिनुभयो। सबै गरेर १९ सदस्यीय समिति हुनेभएका छन् ।

कार्यक्रममा क्याम्पसका संस्थापक गोबर्धन आचार्य र पुरुषोत्तम अर्यालले क्याम्पसको स्थापना कालको बारेमा जानकारी गराएका थिए । सोहि कार्यक्रममा क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले १३ करोड ९५ लाख २७ हजार ९५ रुपैया बराबारको बार्षिक आयव्यको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सो अवसरमा क्याम्पसलाई सहयोग गर्ने अमेरिकी नागरिक जेनिस ह्यिुपल र संस्थापक क्याम्पस प्रमुख मोहननारायण श्रेष्ठको सम्मानका लागि क्याम्पस परिसरमा पार्क निर्माण गरी उनीहरुको शालिक राख्ने निर्णय भएको पनि दुवाडीले बताउनुभयो।

क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष धिरजबहादुर मास्केको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, उपप्रमुख सपना पुन लगायत क्याम्पसका प्रतिनिधिको सहभागिता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology