Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पत्रकार श्रेष्ठ ‘इच्छाकामना न्यूज २०७९’बाट सम्मानित


1.8K
Shares

पत्रकार श्रेष्ठ ‘इच्छाकामना न्यूज  २०७९’बाट सम्मानित

गोरखा, २५मंसिर । गोरखाका पत्रकार भिमलाल श्रेष्ठलाई ‘इच्छाकामना न्यूज सम्मान २०७९’बाट सम्मानित गरिएको छ । इच्छाकामनाको बार्षिक साधारण सभामा श्रेष्ठलाई सम्मानित गरिएको हो ।

गण्डकी गाउँपालिका–८ घर भएका श्रेष्ठले बिगत २ दशकदेखी जिल्ला सदरमुकाममा रहेर विभिन्न सञ्चार माध्याममा कलम चलाउदै आउनुभएको छ। पछिल्लो समय कान्तिपुर टेलिभिजनमा कार्यरत श्रेष्ठलाई संस्थाको पाँचौ बार्षिक साधारण सभामा सम्मानित गरिएको इच्छाकामना न्युज डटका सम्पादक देवराज गुरुङले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा उक्त संस्थाले खेलाडी सुप्रिका गुरुङ, साहित्यकार अनिल श्रेष्ठ, लेखक तथा सोधकर्ता जिवन आलेमगर, पत्रकार रोहिणी त्रिपाठी र बिद्यार्थी मनिष चेपाङलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology