Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला


1.5K
Shares

सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला

 

काठमाडौं, २४मंसिर । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला परेका छन्।

शनिबार बिहान करिब ८ बजेतिर उनी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका(९ मण्डिखाटार स्थित घरमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिनुभयो।

उहाँ झुन्डिएको अवस्थामा मृत फेला परेको उहाँले बताउनुभयो। उहाँ बिहान झुन्डिएको अवस्थामा फेला परेपछि ह्याम्स अस्पताल लगिएको थियो।

त्यहाँबाट मृत घोषणा भएपछि पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।

पोष्टमर्टम सकेर शव पनि परिवारले बुझिसकेका छन्। उहाँको मृत्युको कारण खुलिनसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी बताउनुभयो।

प्रहरीले पनि घटनास्थलबाट कुनै नोट फेला पारेको छैन। महतले पाँच वर्षअघि सेनाबाट अवकाश पाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology