Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भीमसेन थापा गाउँपालिकालाई स्मार्ट र प्रबिधिमैत्री बनाउन दुरसञ्चार प्राधिकरणसंग छलफल


1.3K
Shares

भीमसेन थापा गाउँपालिकालाई स्मार्ट र प्रबिधिमैत्री बनाउन दुरसञ्चार प्राधिकरणसंग छलफल

गोरखा, २४ मङ्सिर । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकालाई स्मार्ट र प्रबिधिमैत्री गाउँपालिका निर्माणका लागि नेपाल दुरसञ्चार प्र्राधिकरणसंग छलफल गरेको छ । ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका बनाउने मुख्य नारा तय गरेको गाउँपालिकाले प्रबिधिको विकास र उपयोगबारे नेपाल दूरसंचार प्राधिकरणका उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटीसँग छलफल गरेको प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले पालिका भित्र सञ्चार र प्रबिधिको क्षेत्रमा भएका समस्या र गर्नुपर्ने कामहरुबारे प्राधिकरणलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

‘गाउँ टोल घर घरमा स्थानिय सरकारको प्रत्याभुती दिलाउने लक्ष्य गाउँपालिकाले लिएको छ, उहाँले भन्नुभयो, ‘त्यसका लागि इन्टरनेट तथा अन्य प्रबिधिको बिस्तारलाई जोडदिन प्राधिकरणसंग छलफल गरिएको हो ।’ पालिका भित्र नेपाल टेलिकम लगायतका अन्य दूर संचार सेवा प्रदायक कम्पनीहरुले सेवा दिईरहे पनि सबै जस्तो ठाउँमा मोबाईल नेटवर्क लगायत इन्टरनेट सेवा चल्न नसक्ने हुँदा त्यसको समाधानक बिषयमा प्राधिकरणसंग छलफल भएको पनि प्रमुख प्रशासकय अधिकृत अधिकारीले बताउनुभयो ।

छलफलमा पालिकाभित्र इन्टरनेट सेवा बिस्तार, निःशुल्क वाईफाई क्षेत्र विस्तार, सार्वजनिक सेवा प्रदायक कार्यालयमा छिटो छरितो संचारका सेवाहरु, आवश्यक तालिमका बिषयहरुमा सहजीकरण गरिदिन गाउँपालिकाले प्राधिकरणलाई आग्रह गरेको छ । कार्यक्रममा नेपाल दूर संचार प्राधिकरणका उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटीले पालिका भित्र भएका समस्याको समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता गर्नुभएको छ । उहाँले भिमसेन थापा गाउँपालिकाले अघि सारेको नारा ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजबाद उन्मुख नमुना गाउँपालिकालाई सघाउन प्राधिकरणले सहयोग गर्ने बताउँदै अहिले देखिएका समस्याहरुबारे केन्द्रमा लगेर राख्ने र समधानको उपाय खोज्ने बताउनुभयो । कार्यक्रममा सहभागी कार्यपालिका सदस्यहरुले नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको गुनासो गरेका थिए ।

भिमसेनथापा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रञ्जन रिमालले नेपाल टेलिकमले समयमा जानकारी नगराएको, पैसा तिर्दा समेत गुणस्तरीय सेवा नपाएको, नेटवर्क राम्रोसँग टिप्न समेत गाह्रो भएकोले संचार तथा इन्टरनेटमा समस्या भएको गुनासो गर्नुभएको थियो । नेपाल सरकारको लगानी भएकाले आफूहरुले नेपाल टेलिकमकै सबै सेवा लिन खोज्ने तर नेपाल टेलिकम भने अन्य दूरसंचार सेवा प्रदायक जस्तै हुन खोजेको उहाँको गुनासो थियो । कार्यक्रममा नेपाल टेलिकम गोरखा शाखाका सूचना अधिकारी सन्दिप अर्यालले भिमसेन थापा गाउँपालिकामा हाल तीन वटा टावर भएको र थप तीन टावर थप्न सके सेवामा समस्या नहुने बताउनुभयो ।

सानो समस्या हुँदा पनि गोरखा शाखाले केही गर्न नसक्ने र समाधानका लागि पोखरामै सम्पर्क गर्नु पर्दा मर्मत ढिलो हुने समस्या रहेको समेत उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले पालिकालाई स्मार्ट बनाउन इन्टरेटको गति र सेवाहरुमा परिवर्तन ल्याउन दूर संचार प्राधिकरणलाई आबश्यक सहजीकरणका लागि आग्रह गरिएको बताउनुभयो । पालिकासँग हरेक नागरिक जोडिनका लागि पनि प्रविधिको प्रयोगबाट नै संभव भएकाले प्राधिकरणबाट हुने सबै सेवा सुविधाको लागि आफूहरु हातेमालो गर्न तयार रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology