Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

ठूलो आँगनमा शालिक र राष्ट्रिय झण्डा राख्न सवैको एकमत : स्थानीय भन्छन्, पर्यटनको हव बन्न सक्छ


4.3K
Shares

ठूलो आँगनमा शालिक र राष्ट्रिय झण्डा राख्न सवैको एकमत : स्थानीय भन्छन्, पर्यटनको हव बन्न सक्छ

गोरखा, २३ मंसिर ।  ऐतिहासिक गोरखा दरबार संग्राहलय परिषरमा पर्ने ठूलो आँगनमा बिजय विगुल र झण्डोत्तलनका लागि नेपाल एकिकरणका अभियान्ता पृथ्वी नारायण शाहको शालिक, नेपालको राष्ट्रिय झण्डा र नक्सा राख्न सवै एकमत भएका छन् । गोरखा नगरपालिका गोरखाले शुक्रबार कार्यालयमा आयोजना गरेको सर्वपक्षिय छलफल कार्यक्रममा सहभागीहरुले गोरखाको पर्यटन प्रर्वद्धनका लागि नेपाली सेना र गोरखा नगरपालिकाले ल्याएको योजना महत्वपूर्ण भएको भन्दै नगरबासीहरु एकमत भएका हुन् ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले समग्र गोरखाको पर्यटन प्रबद्र्धनका लागि कार्यक्रम अघि बढाएको बताउनुभयो । उहाँले बिहानको सूर्योदय र बेलुकीको सूर्योअस्तका समयमा ऐतिहासिक सेनाको परेड हेर्न पर्यटनहरु आउनसक्ने भएकाले कम्तीमा एकरात पर्यटक राख्न सकिने बताउनुभयो । उहाँले पृथ्वी नारायण शाहको शालिक सहित राष्ट्रिय भण्डा र नक्सा राख्दा ठूलो आँगनको ऐतिहासिक महत्व अझ बढ्ने बताउनुभयो ।

‘हिजोको इतिहासमा पनि हतियार प्रर्दशन सहित सेनाको परेड खेलाउने ठाउँको रुपमा त्यसको ऐतिहासिक महत्व छ, उहाँले भन्नुभयो, ‘त्यहाँ निर्माण गरिने मोनोग्रामको साईज त्यति ठूलो नहुने भएकाले अरु कुनै हिसावले अफ्यारो पर्दैन ।’ नगरप्रमुख रानामगरले उक्त क्षेत्रमा तत्काल सवारी आवतजावत समेत नरोकिने बताउनुभयो । छलफल कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव किशोरजंग थापाले ठूलो आँगनको ऐतिहासिक पहिचान नमेटिने गरी सेनाले ल्याएको प्रस्ताव कार्यान्वयन गर्न सुझाव दिनुभयो ।

‘इतिहास बिद्हरुसंग छलफल गरेर ठूलो आँगनको पहिचान नमेटिने गरी शालिक, भण्डा र नक्सा राख्न सकिन्छ, उहाँले भन्नुभयो, ‘राजनीति कारणले यो मात्र होइन कुनैपनि योजना परियोजनाहरु पछाडी धकेलिनु हुदैन भन्नेमा म प्रतिबद्ध छु ।’ सचिव थापाले इतिहास बिद्हरुसंग छलफल गरेर निर्णय लिन पनि नगरपालिकालाई अनुरोध गर्नुभयो । छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले नेपाली सेना र नगरपालिकाले तयार पारेको प्रस्ताव महत्वपूर्ण भएकाले यो अबसरलाई गुम्न दिन नहुनेमा जोड दिनुभयो । सामाजिक सञ्जालमा आएको केही टिप्पणी प्रति लक्षित गर्दै उहाँले बिकासका लागि गोरु चुटेर हलो अडउने संस्कारको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष भट्ट ठूलो आँगन आसापास क्षेत्रमा निर्माण भएका घर लगायतका संरचनालाई समेत पुरातात्विक महत्व झल्काउने गरी निर्माण गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले गोरखा नगरपालिकाका अध्यक्ष देवीबहादुर श्रेष्ठले गोरखाको इतिहास जोगाउन अझै केही गर्नुपर्ने अबस्था रहेको भन्दै समस्याहरुलाई छलफल गरेर समाधान गर्नुपर्ने सुझाव दिनुभयो ।अन्तरक्रिया कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष चुलबहादुर कुँवरले ठूलो आँगन शालिक निर्माण हुदैँ गर्दा नारेश्वरसम्म पुग्ने बैकल्पिक सडकको व्यवस्था हुनुपर्नेमा जोडदिनुभयो ।

उहाँले आफुहरु पर्यटन प्रर्बद्धनका लागि नेपाली सेना र नगरपालिकाले ल्याएको बिकासको बिरोधी नभएको बताउदै आवातजावतमा समस्या नहुने गरी योजना निर्माण हुनुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा गोरखा नगरपालिकाका निवर्तमान प्रमुख राजनराज पन्तले समाचारका आएका बिषयलाई लिएर सामाजिक सञ्जालमा आफुले धारणा राखेको तर्फ लक्षित गर्दै गलत ढंगले नबुझिदिन अनुरोध गर्नुभयो । उहाँले ठूलो आँगनमा राखिने शालिक र त्यसले गर्ने पर्यटन प्रवद्र्धनले सिंगो गोरखाले फाइदा लिनसक्ने बताउनुभयो ।

उहाँले नेपाली सेनाले तयार गरेको योजना पूर्ण रुपमा कार्यान्व्यन गर्न सके यसले गोरखा समग्र पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने बताउनुभयो । पन्तले पृथ्वी नारायण शाह र कालिका मन्दिरको नामबाट यहाँको पर्यटनको बिकास गर्न नसकिए गोरखा र गोर्खालीको भविस्य छैन भन्नेमा आफु स्पस्ट रहेको उल्लेख गर्नुभयो । छलफल तथा अन्तरक्रिया कार्यक्रममा गोरखा उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले नगरपालिका र नेपाली सेनाले ल्याएको यो योजनाले गोरखाको बिकासमा एउटा इट्टा थपिने बताउनुभयो । उहाँले बाहिर गलत प्रचार गरिएको भन्दै बास्तविकता त्यस्तो नभएको आफूले पाएको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल चेम्बर अफ कर्मस गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले गोरखा नगरपालिका र नेपाली सेनाले ठूलो आँगनमा पृथ्वी नारायण शाहकालिक सेनाको पेशाकमा परेड खेलाउने योजनाले गोरखामा पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो । गोरखामा पर्यटन प्रर्वद्धनका लागि नगरपालिकाले ल्याएको योजना गोरखा पर्यटकिय हवको रुपमा बिकास हुने स्थानीयबासी अच्युतलाल श्रेष्ठको भनाई छ । गोरखाको व्यवसाय पर्यटनसंग मात्र जोडिएर चलेको भन्दै पर्यटन प्रबद्र्धनका लागि गरिएको प्रयासलाई कसैले पनि अबरोध गर्न नहुनेमा जोडदिनुभयो ।

श्रेष्ठले पृथ्वीनारायण शाहकालिन सेनाले खेल्ने परेड देखाएर मात्र गोरखामा आन्तरिक तथा बाह्य पर्यटनको बिकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा नेपाली सेनाले ठूलो आँगनमा राख्न लागेको मोनोग्रामको ऐतिहासिक औचित्य र पर्यटन प्रबद्र्धनमा हुनसक्ने सम्भावनाको बारेमा प्रस्तुती राखेको थियो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology