Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

छत्र शाही र काजल जोशीले गरे विधिअनुसार विवाह


1.5K
Shares

छत्र शाही र काजल जोशीले गरे विधिअनुसार विवाह

काठमाडौं,२३ मंसिर । लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह भएको हो ।

२०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।

इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो । विवाहअघि कैलालीकी काजल र जुम्लाका छत्र प्रेम सम्बन्धमा थिए ।

इन्द्रेणी कार्यक्रममै भेट भएपछि उनीहरु प्रेममा परे । इन्द्रेणीबाहेक टिकटक लगायतका सामाजिक सञ्जालमा समेत छत्र र काजल चर्चित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology