Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भीमकुल बचत तथा ऋण सहकारी संस्थाद्धारा मानवसेवा आश्रमलाई खाद्यान्य सहयोग


1.2K
Shares

भीमकुल बचत तथा ऋण सहकारी संस्थाद्धारा मानवसेवा आश्रमलाई खाद्यान्य सहयोग

गोरखा, २३ मङ्सिर । भीमकुल बचत तथा ऋणसहकारी संस्था लिमिटेड गोरखाले मानवसेवा आश्रम गोरखा शाखालाई खाद्यान्य सहयोग गरेको छ ।

सहकारीले आफ्नो २७ औं बार्षिक साधारणसभाको अबसर पारेर आश्रमलाई खाद्यान्य सहयोग गरेको सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमबाट आश्रमलाई चामल, दाल, नुन, तेल, चिउरा भुजा लगायतका खाद्यान्य सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

मानवसेवा आश्रम गोरखा शाखामा अहिले ५१ जना आश्रित रहेका छन् । खाद्यान्य सहयोग कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ सहित उपाध्यक्ष रामचन्द्र श्रेष्ठ, सचिव भुमि गोतामे, सहकारी संस्थाका सल्लाहकार चित्रकुमार श्रेष्ठ, निबर्तमान अध्यक्ष कृष्ण श्रेष्ठ, सञ्चालक समितिका सदस्य बुद्धि श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology