धनगढी, २३ मंसिर । धनगढीमा एक युवती मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–६ जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउँद मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–६ की उनी दिदीको घरमा बस्दै धनगढीमा पढिरहेकी थिइन्। प्रहरीका अनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि प्रहरीलाई खबर आएको थियो।
हाल घटनास्थलमा प्रहरी खटिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।