Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

एमालेले गर्यो पालिका अध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारवाही


2.1K
Shares

एमालेले गर्यो पालिका अध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारवाही

बैतडी, २२ मङ्सिर । नेकपा एमालेले भर्खरै सम्पन्न निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीका निर्वाचित गाउँपालिका अध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेकपा (एमाले) बैतडीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

पार्टीको सातौँ जिल्ला कमिटी बैठकले अध्यक्ष चन्दलाई कारबाहीका लागि प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय भएको जिल्ला अध्यक्ष सुरेन्द्र पालले जानकारी दिनुभयो । चन्दले मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको छानविन समितिले बुझाएको प्रतिवेदनमा पाइएकाले कारवाही गर्न सिफारिस गरिएको पार्टी जिल्ला कमिटीले जनाएको छ ।

एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहनु भएका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको उहाँले बताउनुभयो । निर्वाचनमा अन्तरघाट भएको आरोपको छानबिनका लागि जिल्ला कमिटी सचिव चक्र कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology