गोरखा, २२ मङ्सिर । पृथ्वीराजमार्ग अन्तरगत पर्ने आँबुखैरेनी डुम्रे सडक खण्डमा सवारी दुर्घटनामा परी आज एक महिलाको मृत्यु भएको छ । आँबुखैरनी गाउँपालिका–२ मार्की चोकमा भएको सवारी दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका–२ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएक िथापाको चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा३ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । अन्य नौजनाको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।